विरोधकालागि मात्रै विरोध गर्ने प्रवृति हावी

पछिल्लो समय बढ्दो वितृष्णको उपज–विरोधकालागि मात्रै पनि विरोध हुने गर्छ । जति शिक्षित समाज छ, त्यति नै अराजकता पनि मौलाउँदै गएको छ । समाजमा अराजकताले घेरेको छ । जुन कुनै पनि विषयमा असहमति जनाउँनै पर्छ । कुनै सही विषय भएपनि कुनै बखेडा झिकेर त्यसलाई गलत बनाउन खोजिन्छ । सामाजिक सञ्जालमा यसतो अराजकता झनै ब्याप्त छ । जुन कुनै काममा पनि सकारात्मक भन्दा बढि नकारात्मक प्रतिक्रिया आउछनन् । कुनै विकास निर्माणका काम होस्, या अन्य कुनै काम होस्, जुन सुकै काममा पनि सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया आउनु समाजकालागि सकारात्मक कुरा होईन् ।

पछिल्लो समय बढिरहेको नकारात्मकताले समाज कता तिर जाँदैछ, भन्ने कुराको पनि चिन्ता बढिरहेको छ । भविष्यमा समाजमा हुने ब्याप्त अराजकताले ठूलो रुप त लिदैन्, भन्ने चिन्ता पनि चौतर्फी हुने गर्छ । विद्यालयमा पढ्ने गरिन्छ‘आफू भन्दा सानालाई माया गर्नुपर्छ, आफू भन्दा ठूलालाई सम्मान गुर्नपर्छ ।’ तर, त्यो एउटा किताबी ज्ञान मात्रै भएको छ । व्यवहारिक प्रयोग छैन । एक अर्काको अस्तित्व स्वीकार गर्न सक्ने नै अबस्था छैन । अझ राजनीतिक नेतृत्वलाई झन निकै निकृष्ट खालका प्रतिक्रियाहरु आउछन् । नेताहरुले मन्तब्य दिइरहेको भिडियोमा हेर्न नसकिने खालका गालीहरु छन् । कुनै एक नेता मात्रै होइन्, सबै नेताहरुको मन्तब्यमा त्यस्तै टिप्पी आउने कुराले यो मुलुकमा सही कसले गरिरहेको छ, भन्ने कुराको मार्ग दर्शन भने छैन । त्यो भनेको एउटा विरोधकालागि विरोध छ ।


राम्रो र सच्चा ब्यक्ती ल्याउनकालागि निर्वाचन हुने गर्छन । त्यस्तो अवस्थामा जनताले तिनैलाई जिताउने , फेरी ठीक भएन भन्ने खालका प्रवृतिहरु पनि त्यतिकै हावी भएका छन् । त्यसले यो मुलुकमा ठीक को हो, त ? भन्ने कुरा छुट्याउन सकिरहेका छैनौं । कसले मुलुकको हितमा काम गरिरहेको छ, भन्ने कुरा छुट्याउन सक्ने र न्यायोजित कुराको समर्थन र गलत कदमको विरोध गरे, त्यसले सार्थकता पाउने हो, त्यसो छैन । नबुझेरै कसैको अन्धभक्त हुने र कसैको निकृष्ट गाली गर्ने प्रवृतिको अन्त्य नहुँदासम्म मुलुकमा यस्ता अराजक खालका गतिबिधि भइरहन्छन, र समाजलाई गलत मार्गमा लैजान्छ । साभारः अग्रिम साप्ताहिक