
दाङ, ६ साउन । दाङमा आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानरपालिका– ५ का ३६ वर्षिय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने पुरुषको नाम भने गोप्य राखिएको छ । बालिकाको संवेदनशिलतालाई ख्याल गरी प्रहरीले बुवाको नाम पनि गोप्य राखेको हो ।
पक्राउ परेका पुरुषले आफ्नै छोरी १८ वर्षकी बालिका माथि जबरजस्ती करणी गरेको भनि प्रहरीमा मुद्धा दर्ता भएको छ । पीडित बालिकाको आमाले प्रहरीमा हाडनाता जबरजस्ती करणी कसुरमा किटानी जाहेरी दिएपछि ति पुरुषलाई खोजतलास गर्दै जाँदा गत शनिबार साँझ घरबाटै पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।
पिडित बालिकाको आमा आफ्नो नाबालक छोरासहित रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा बाबा छोरी बस्ने गरेको डिएसपी शाहले बताए । ति पुरुषले आफ्नै छोरीलाई असार ३० गते राति घरमै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतबाट म्याद थप गरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ७ श्रावण २०८२, मंगलवार १२:५३ बजे