राष्ट्रपति रनिङ शिल्डमा दाङमा ग्रेट अरणीको दोस्रो हुन सफल

देव राज कँडेल
तुलसीपुर,
१९ असार / दाङमा भएको बिद्यालय स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तुलसीपुर स्थित ग्रेट अरनीको माध्यमिक बिद्यालय जिल्लामै दोस्रो स्थान हात पार्न सफल भएको छ ।

जिल्ला स्तरीय खेलकुदमा लङजम्प छात्रातर्फ, हाइजम्म छात्रा तर्फ, १५०० मिटर दौड छात्र, ३००० मिटर दौड छात्रमा स्वर्णपदक प्राप्त गर्न सफल भयो, भने रिले दौड ४×१०० र ४×४०० मा रजत पदक प्राप्त गर्न सफल भयो भने कबड्डी छात्रा तर्फ कास्यपदक प्राप्त गरि समग्रमा जिल्लामा दितिय स्थान हात पार्न सफल भएको हो ।


बिद्यालयका प्रोग्राम डाइरेक्टर नारायण भट्टराईका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नुकासाथै खेल क्षेत्रमा पनि उल्लेखिय सफलता हात पारिएको हो ।

कक्षा ११ र १२ तर्फ ब्यबस्थापन, कानुन, शिक्षा, मानबिकी संकाय संचालन गरिरहेको विद्यालयले यस बर्षदेखी बिज्ञान संकाय सञ्चालन गर्दैछ। आईसीटी सहितको बिज्ञान संकायका कक्षा सञ्चालन गर्न लागेको हो । जुन फरक शैली र प्रयोगात्मकलाई प्राथमिकता दिएर पठन–पाठन गराउन लागिएको हो ।