अभिमूखिकरण कार्यक्रम सम्पन्न

कपिल लामिछाने
तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ नगर स्वास्थ्य केन्द्र हेमन्तपुर दाङको आयोजनामा आज वडा स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुलाई १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
दादुरा रूबेला खोप अभियान २०८० नाम दिईएको उक्त खोप कार्यक्रम यहिँ मिति २०८० जेष्ठ ३१ गतेबाट सुरु हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को सभाहलमा भएको उक्त अभिमूखिकरण कार्यक्रममा नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका ईन्चार्ज डिल्ली शर्माले दादुरा खोप र रुबेला खोपका बारेमा सहभागी सबैलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा ईन्चार्ज शर्माले बिशेष गरि ६ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालीकाहरुलाई दादुरा र रुबेलाले बढि आक्रमण गर्ने भएकाले उनिहरुका लागी बिशेष गरि यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । जेष्ठ ३१ गतेबाट देशभरका १० वटा जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम ५ दिनमा सक्ने लक्ष्य भएकाले सहयोग गरि खोप कार्यक्रमलाई सफल बनाईदिन शर्माले सबैलाई अनुरोध गर्नुभयो ।
साथै उहाँले दादुरा प्रष्ट देखिने र सबैले चिन्ने खालको देखिएपनि रुबेलाको बारेमा सबैलाई थाहा नहुने र रूबेला रोग शरिरलाई खस्रो बनाउने र असरहरु नदेखिने गरि लाग्ने बताउनुभयो । तुलसीपुर १८ का १२ वटा सामुदायिक र निजी विद्यालयहरुमा समय तालीका बनाई उक्त अभियान सञ्चालन गरिने र असार ४ गते सम्म सबै बिद्यालयहरुमा खोप लगाईसक्ने लक्ष्य समेत राखिएको शर्माले बताउनुभयो ।
उक्त खोप अभियानमा छुटेका बालबालीकाहरुलाई असार ५ गते नगरस्वास्थ्य केन्द्र हेमन्तपुरमा खोप लगाईने र यस खोपलाई सफल बनाउन समाजमा रहनुभएका बिभिन्न ओदाहामा बस्नुभएका सरोकारवालाहरुले सहयोग गरि कार्यक्रममा प्रभावकारि बनाउन हार्दिक अपिल गर्नुभयो ।
नगरस्वास्थ्य केन्द्र खोप समन्वय समिति तथा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा बिभिन्न बिद्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयमसेवीका लगाएत सरोकारवालहरुको सहभागिता रहेको थियो ।