सिस्ने गाउँपालिकाकी महिला कर्मचारी मृत अवस्थामा फेला

रुकुम पूर्व, २८ असार ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।

सिस्ने गाउँपालिकाको कार्यालय सिस्ने – ६ खोपिचारकी २३ बर्षीया कोईली शाही झुण्डिएको अवस्थामा कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन । शाही सिस्ने–५ मा डेरामा बस्दै आएकी थिइन्। उनी आफैँले चुकुल लगाएको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।


स्थानीयले लामो समयसम्म ढोका नखुल्दा शंका गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा शाही मृत अवस्थामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

अविवाहित शाही सिस्ने गाउँपालिकाको कार्यालयमा करार सेवामा कार्यरत थिइन्। घटनाको कारण खुल्न नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।