दाङ, १९ पुष ।
लायन्स क्लव दाङ क्यापिटलको आयोजना तथा समाजसेवी नेव बहादुर ओलीको पहलमा नरेश ओली बचाउ अभियानबाट संकलन भएको रु.१,४६,५३२/- (एक लाख छयालीस हजार पाँच बत्तीस) रुपैया हस्तान्तरण गरिएको छ ।
नेब बहादुर ओली, लायन्स क्लवका संस्थापक अध्यक्ष हिमाल डाँगी , क्लवका सचिव तथा अभियानका संयोजक दिपक ओली,समाजसेवी, बुद्दिजिवि, सहयोगी दाताहरूकाे उपस्थितिमा बिरामी नरेश ओली र परिवारलाइ सहयोग हस्तान्तरण गरियको हाे ।
राप्ति गा. पा. का प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले नरेश ओलीको उपचारमा अझै थुप्रै रकम अपुग भएकोले सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका नेपालीजनमा सक्दाे आर्थिक सहयोग गर्दिनु हुन अपिल गर्नुभयो ।
लायन्स क्लवका संस्थापक अध्यक्ष हिमाल डाँगीले भन्नू भयो ” कलिलो युवा जस्को सुन्दर भबिष्य बाँकी छ जो संग हजार सपनाहरू छन् । सिङो जिवन जिउनलाइ बाँकी छ यस्तो कलिलो युवा रोगकै कारण उपचार अभाबमा छटपटियकाे हेर्न नसकिने बताउनु भयो । नेपाली समुदायमा सहयोगी भाब भएकोले धेरै आर्थीक अभाब झेलीरहेका बिरामीहरूलाई चन्दा सहयोग उठायर बचाएकाे बताउनु भयो।”
मानविय सेवा नै सर्बोउत्कृष्ट कार्यभयकाले लायन्स क्लव सधैभरी अप्ठेरोमा अभाबमा परेकाहरुका लागी अग्रसर भयर सहयोगमा जुट्ने गरेको लायन्स क्लव अफ दाङ क्यापिटलका सचिव र अभियानका संयोजक दिपक ओलीले बताउनु भयो ।
समय मै राज्यले स्वास्थ्य र शिक्षामा आम नागरिकको पहुँच पुग्ने खालका कार्यक्रम ल्याइनुपर्ने भाब उपस्थित स्थानियहरुले व्यक्त गर्नु भयो ।
लाइभदाङ । १९ पुष २०८०, बिहीबार ०९:४५ बजे