
रोल्पा ,१७ बैशाख ।
रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ।
आज दिउँसो २ः५० बजे रोल्पा थवाङ गाउँपालिका वडा नं.१ सल्याप स्थित रुकुम बाट थवाङ जलजला जाने कच्चि सडकखण्डमा लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १७ बैशाख २०८३, बिहीबार १८:५२ बजे