
तुलसीपुर,१९ असार । दाङको घोराही स्थित कारागारमा एक थुनुवाको मृत्यु भएको छ ।
बालिका बलात्कारको आरोपमा पुर्पक्षमा रहेका घोराही उपमनपा–२ का ३३ वर्षीय जीवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
यही असार ८ गते पुर्पक्षका लागि कारागार चलान भएका चौधरी बुधबार राति नौ बजेतिर एक्कासी बेहोश भएपछि उपचारका लागि कारागार प्रशासनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेको थियो । चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मुटु र कलेजोको विरामी रहेका चौधरी पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा गत जेठ १४ गते पक्राउ परेका थिए ।



लाइभदाङ । १९ असार २०८२, बिहीबार २२:५२ बजे