स्वरोजगार बन्न विद्यार्थीलाई‘करियर काउन्सिलिङ’

तुलसीपुर, २ असार । दाङको तुलसीपुर स्थित गुरुजजुर नमुना माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ गर्न लागिएको छ ।

कक्षा १२ पढेपछि विदेश जाने लहर नै चलिरहेको भन्दै विद्यार्थीहरुले नेपालमै पनि केही गर्न सक्छन्, भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम ७ असारसम्म चल्नेछ ।

त्यस क्रममा निजामति,शिक्षक सेवा,नेपाल प्रहरी, नेपाली सेना,बैङ्किङ, न्यायलगायतका सेवाका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइने विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले बताए । उनका अनुसार विद्यार्थीहरु पछिल्लो समय निजिमति, शिक्षकलगायतका सेवामा भन्दा पनि विदेशको सपना बोकिरहेको भन्दै नेपालमै पनि भविष्य देखाउनकालागि यस्ता कार्यक्रम गरिएको उनको भनाई थियो ।


त्यस क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले विद्यार्थीले जुन विषयमा रुची छ, त्यही विषयमा गहिरिएर लागेमा सफलता हात पार्ने बताए ।“सबै निजामति नै हुनुपर्छ, भन्ने पनि होईन्, राम्रो ब्यबसायी, राम्रो कलाकार, राम्रो खेलाडी पनि बन्न सक्न्छि”,उनले भने “आफ्नो रुची के छ, त्यसमा विद्यार्थीहरुले बढि ध्यान दिए नेपालमै सफल भइन्छ ।”

सबै एउटै पेशामा हुनुपर्छ, भन्ने भन्दा पनि आफू इमान्दार भएर जुन सुकै पेशामा पनि सक्षम बन्न सकिने उनको भनाई थियो । कक्षा ११, १२ का विद्यार्थीहरुलाई करियर काउन्सिलिङ प्रदान गर्न लागिएको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, शिक्षक अभिभावक संघका लोकमनी रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक लेवेन्द्र केसीले गरेका थिए ।