लकडाउनले फुराएको युवाहरुको ‘सोँच’, एक करोड बढिको लगाानीमा नायक मार्ट

दाङ
४ असोज । मुलुकमा पहिलो र दोस्रो चरणको कोरोना महामारी व्याप्त रहेपछि लकडाउन भयो । लामो समयसम्म भएको लकडाउनले व्यबसायी धरापमा पारेको गुनासो त, व्यापक नै सुनियो । तर, दाङ तुलसीपुरका तीन युवाहरुले भने लकडाउनमै व्यबसायको सम्भावना देखे । र, त्यकै परिणाम स्वरुप एक करोड बढिको लगानीमा तुलसीपुरमा‘नायक मार्ट’ सञ्चालनमा ल्याए ।

प्रायः काठमाडौं उपत्यका तथा अन्य ठूला सहरी क्षेत्रमा चलेपछि दाङमा‘मार्ट’ को ट्रेन अझै स्थापित भइनसकेको अबस्थामा युवाहरुले यसको यसलाई थप स्थापित गर्ने योजना पनि बनाएका छन् । फरक शैलीबाट उक्त मार्टलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रित चोकबाट सञ्चालनमा ल्याईएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी मदन खत्री र जनक कुमार खत्री तथा तुलसीपुर ११ निवासी जगदिश खत्रीको लगानीमा सञ्चालनमा ल्याईएको मार्टमा खाद्यान्नदेखि सृङ्गारका सामग्रीहरु एकै ठाउँमा पाईन्छन् ।

उनीहरु तीनै जना युवा हुन् ।‘लकडाउनको समयमा धेरै युवाहरु व्यबसायबाट पलायन भए, केही युवा रोजगारको खोजिमा विदेशतिर लागे’, मदन खत्रीले भने ‘तर,हामीहरुले नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न मार्ट सञ्चालनमा ल्याएका हौं ।’ एक करोड भन्दा बढि लगानीमा उक्त मार्ट सञ्चालनमा आएको हो ।


मार्टलाई व्यबसायीक मात्रै नभई सेवा मुलक बनाएको खत्रीले बताए । अरु भन्दा फरक शैलीबाट व्यबसाय गर्न थालिएको उनको भनाई छ । पछिल्लो समय देशब्यापी रुपमा मार्टको लहर चलिरहेको र मार्टको औचित्य पुष्टि गर्न पनि प्रभाबकारी सेवा दिनुपर्ने उनको भनाई थियो । अन्यत्र भन्दा सस्तो मूल्यमा कस्मेटिक,खाद्यान्न सामाग्रीसहित हुक्का,घर सजावटका सामाग्री, गिफ्टहरु,बच्चाको खेलाउन,प्याकिङ मासुहरु,फलफूल लगायतका सामग्रीहरु एकै ठाउँमा पाईने छन् ।

अहिले हरेक सामान किन्दा ३ प्रतिशत छुट दिईने र चाडपर्वमा विशेष छुटको अफर पनि प्रदान गरिनेछ । अब कुनै पनि सामग्री किन्नकालागि बजार–बजार घुम्न पर्दैन । मार्टको प्रजातान्त्रिक उद्योग ब्यापार संगठन तुलसीपुरका अध्यक्ष जनक खरालले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा उनले युवाहरु पलायन भइरहेको अबस्थामा यसरी व्यबसायमा अबद्ध हुनु सकारात्मक कुरा रहेको बताए । अब युवाहरुले आधुनिक शैलीबाट व्यबसायलाई अघि बढाउनुपर्ने समेत उनको भनाई थियो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'