तुलसीपुर–१६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी

दाङ, १० जेठ ।

तुलसीपुर उपमहानगरपालिका- १६ को वडाध्यक्षमा गठबन्धन र एमालेलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी विजयी भएका छन् । सत्तागठबन्धनले वडा अध्यक्षको टिकट नदिएपछि माओवादी नेता शिवानन्द डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


उनले १ हजार ३४४ मतका साथ विजयी हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अमर खड्काले १ हजार १५९ मत ल्याए भने यहाँ सत्तागठबन्धन तेस्रो स्थानमा सीमित भएको छ । वडा सदस्यमा ३ जना एमाले र एउटा काँग्रेसले जितेको छ ।