
तुलसीपुर, १९ साउन ।
दाङको तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि भएको जबरजस्ती करणीको घटनामा संलग्न रहेहेको भन्दै १७ वर्षीय किशोरविरुद्ध जिल्ला अदालतमा विस्तृत अभियोग पत्र दायर गरिएको छ ।
पीडित किशोरी र आरोपित किशोरबीच केही समयअघि फेसबुकमार्फत चिनजान भई प्रेम सम्बन्ध रहेको थियो । २०८३ साल असार २८ गते बेलुका करिब साढे ७ बजेतिर आरोपितले किशोरीलाई मोबाइलमा फोन गरी गफ गर्ने बहानामा बोलाएका थिए । किशोरीलाई तुलसीपुर १२ स्थित टिगराउँ एयरपोर्ट नजिकैको एकान्तमा रहेको एउटा जग्गामा र्पुयाइएको थियो ।
अभियोग पत्रका अनुसार, उक्त खाली जग्गामा पुगेपछि आरोपित किशोरले किशोरीको इच्छा विपरित जबरजस्ती करणी गरेका थिए । घटनाको समयमा किशोरीले प्रतिकार गर्न खोज्दा र गुहार माग्न खोज्दा आरोपितले उनलाई‘कसैलाई भनिस्’ भने मारी दिन्छुू भनी ज्यान मार्ने धम्की दिएका थिए ।
यति मात्र नभई, आरोपितले किशोरीको मोबाइल फोन समेत हातबाटै खोसेर लगेका थिए । मोबाइल फिर्ता माग्दा‘केही पर गएपछि दिन्छु’ भन्दै झुक्याएर उनी मोबाइलसहित फरार भएका थिए ।
किशोरीले घटनाबारे आफ्नो परिवारलाई बताएपछि २०८३ असार ३० गते प्रहरीमा जाहेरी परेको थियो । जिल्ला सरकारी वकील कार्यालयले आरोपित किशोरलाई मुलुकी अपराध संहिता बमोजिमको कसूरमा सजाय गर्न माग गरेको छ । आरोपितको उमेर १७ वर्ष ९ महिना २९ दिन देखिएकाले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसारको विशेष कानूनी प्रक्रियामा राखिएको छ ।



लाइभदाङ । १९ श्रावण २०८३, मंगलवार ०७:१९ बजे