गठबन्धन : घोराहीमा माओवादी,तुलसीपुरमा काँग्रेसको भाग

तुलसीपुर
७ वैशाख / सत्तापक्ष पाँच दलिय गठबन्धनले दाङका दुई उपमहानगरपालिकाको टुंगो लगाएको छ ।

घोराहीको मेयरमा माओवादी केन्द्रले र तुलसीपुरको मेयरमा काँग्रेसले पाउने गरि टुंगो लागेको गठबन्धनका एक नेताले बताए । उनका अनुसार घोराहीको उपमेयरमा काँग्रेस र जनमोर्चाबीच सहमति अनुसार उम्मेदवार टुंगो लगाईनेछ ।


त्यस्तै तुलसीपुरको उपमेयरमा समाजवादीले पाउने गरि टुंगो लागेको ति नेताले बताए । भागबन्डा टुंगो लागेसंगै घोराहीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा‘डायमन्ड’, तुलसीपुरमा काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले टिकेट पाउन सक्ने आँकलन गरिएको छ ।