एमालेबाट घोराहीको मेयरमा चौधरी र उपमेयरमा डिसीको उम्मेदावरी

तुलसीपुर
१० वैशाख /घोराही उपमहानगरपालिकाको प्रमुखमा एमालेले पुनः नरुलाल चौधरीलाई उम्मेदवारी बनाएको छ ।

उनी २०७४ सालको निर्वाचनमा पनि प्रमुखमा निर्वाचित भएका थिए । उनलाई पार्टीले दोहो¥याएको छ । त्यस्तै उपप्रमुखमा हुमा डीसीलाई उम्मेदवार बनाएको छ ।


त्यस्तै यस अघि गठबन्धनले घोराहीको प्रमुखमा माओवादी केन्द्रका हेमराज शर्मा‘डायमन्ड’ र उपप्रमुखमा काँग्रेसका भुपबहादुर डाँगीलाई उम्मेदवार बनाइसकेको छ । डाँगी यस अघि मेयर निर्वाचन भएका ब्यक्ती हुन् ।