तुलसीपुरबाट १३ वर्षीया बालिका बेपत्ता

तुलसीपुर, २४ जेठ ।
दाङ तुलसीपुरबाट १३ वर्षीया बालिका बेपत्ता भएकी छिन् । तुलसीपुर–५, न्युरोड निवासी १३ वर्षीया बालिका सुनिता गौतम शुक्रबार दिउँसोदेखि बेपत्ता भएकी छन्। बेपत्ता बालिकाको खोजी कार्य परिवार तथा प्रहरीले तीव्र बनाएको छ।

परिवारका अनुसार सुनिता शुक्रबार दिउँसो करिब साढे २ बजे घरमा काम गर्ने व्यक्तिको साइकल लिएर न्युरोडबाट बसपार्कतर्फ जाने भन्दै निस्किएकी थिइन्। त्यसपछि उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्।

बालिकाका मामा प्रेम प्रकाश मल्लले जानकारी दिनुहुँदै भन्नुभयो, ‘घरमा काम गर्ने व्यक्तिको साइकल एकछिन चढ्ने भनेर निस्केकी थिइन्, तर बेलुका घर फर्किएर नआएपछि हामी चिन्तित भएका छौं।’


परिवारजन र छरछिमेकले विभिन्न स्थानमा खोजी गरे पनि फेला नपरेपछि प्रहरी कार्यालयमा समेत औपचारिक उजुरी दिइएको पारिवारिक स्रोतले जनाएको छ।

बेपत्ता सुनिता लेधर साइकल चढेर निस्किएकी थिइन्। उनले सेतो बुट्टावाला कुर्ता र कालो पाइन्ट लगाएकी छिन् । यदि कसैले उनलाई देखेमा वा केही जानकारी भएको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा मोबाइल नम्बर ९८५७८२३१८८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।