सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार

सल्यान, ७ फागुन ।
सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छिन् ।

जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षिया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


घाइते दुर्गीलाई श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज लगिएको छ । हतियार प्रहार गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।