तुलसीपुर खानेपानी निर्वाचन : कांग्रेसद्वारा बागी उम्मेदवारलाई मतदान नगर्न अपील

तुलसीपुर
१५ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनकालागि बागी उम्मेदवार हालेकाहरुलाई काँग्रेसले मतदान नगर्न अपिल गरेको छ । काँग्रेस तुलसीपुरका सभापति सुरेश हमालले एक विज्ञप्ति जारी गरि ९ दलिय सहमती अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी सहितको संयुक्त साझा उम्मेदवारहरुलाइ जिताउन उपभोक्तालाई अपिल समेत गरेका छन।

गठबन्धनको उम्मेदवार विरुद्ध काँग्रेसका पबनराज बुढाथोकी,उपाध्यक्ष पदका उम्मेदवारद्वय गिरिधारी पौडेल र पुर्ण प्रसाद धिताल र कोषाध्यक्ष पदका उम्मेदवारद्वय मेघराज न्यौपाने र भोला प्रसाद थापाले आफ्नो उम्मेदवारी फिर्ता लिने समयसिमा भित्र उम्मेदवारी फिर्ता नलिएकाले पार्टीको निर्णय बिपरित उम्मेदवारी दिएका ५ जना उम्मेदवारहरु मतदान नगर्न अपिल गरेको हो ।


साथै बिज्ञप्तिमा ९ दलिय सहमती अनुसार साझा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसीलाई जिताउन अपिल समेत गरिएको छ।

No description available.