तुलसीपुरमा विद्युतको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

तुलसीपुर
१६ फागुन / दाङको तुलसीपुरमा मोटरसाईकल विद्युतको पोलमा ठोक्किदा एक चालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर स्थित ओमशान्ति सिनेमा हल नजिकै रा ५ प ४४९३ नम्वरको मोटरसाईकल विद्युतको पोलमा ठोक्किदा तुलसीपुर ६ निवासी ३० बर्षीय मोटरसाईकल चालक मोहन सुनारको मृत्यु भएको हो ।


दुर्घटनामा परि गम्भीर घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुरमा लगिएको अबस्थामा मृत्यु भएको हो ।

आईतबार राति ११ बजेतिर तुलसीपुरदेखि उत्तरतर्फ जाँदै गरेको उक्त मोटरसाईकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो ।