दंगीशरणमा कटाइ सिलाइ सम्बन्धि तालिम

प्रमोद आचार्य,
दंगीशरण, ४ चैत्र ।
घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा ३० दिने कटाइ सिलाइ सम्बन्धि तालिम दंगीशरण गाउँपालिकाको सिकाइ हलमा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले महिला दिदिबहिनीलाइ आधारभुत तालिम मात्र नभएर सबै चरणका तालिम दिएर एउटा कुशल उधमी बनाउने सोचमा आफुहरु रहेको बताउनुभयो । यस्तै पालिका अध्यक्ष गिरीले तालिममा सिकेको सिपलाइ व्यबहारमा लागु गरीदिन आग्रह समेत गर्नुभयो ।


यस्तै तालिमको मुख्य प्रशिक्षकको रुपमा रहनुभयकी बुधनि चौधरीले तालिम अबधिभर दिदिबहिनीहरु निकै उत्साह र उर्जाका साथ प्रस्तुत भएको र आफुले सोचेको भन्दा राम्रो सिप हासिल गर्न सकेको प्रती खुसि ब्यक्त गर्नुभयो ।

३० दिने कटाइ सिलाइ तालिमको समापन कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत मिन नाथ पाण्डेको सभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको हो ।