सर्जन परियारले दिए अनेरास्ववियुको केन्द्रीय सदस्यबाट राजीनामा

तुलसीपुर, ८ जेठ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियारले पदबाट राजीनामा दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजीनामा दिएको बताएका हुन् ।

उनी जिल्लामा विद्रोह गर्दै अगाडी बढेका विद्यार्थी नेता हुन् । विरबल खड्का जिल्लाको अध्यक्ष हुँदा, उनी उपाध्यक्ष थिए ।


त्यतिबेलै उनले समानन्तर कमिटि चलाएर नेतृत्वमा थप स्थापित भएका थिए । उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।