
तुलसीपुर, २ कात्तिक ।
दाङको तुलसीपुरमा रगत अभाब भएपछि तुलसीपुर कारागारका कैदीबन्दीहरुले रक्तदान गरेका छन् ।
विरामीहरुको आबश्यकतालाई पूर्ति गर्नकालागि रक्तदान गरिएको कारागार तुलसीपुरका जनस्वास्थ्य निरिक्षक दोर्ण वलीले बताए ।“चाडपर्वको समयमा विरामीहरुले रगत नपाएमा उपचारमा समस्या हुन्छ”,उहाँले भन्नुभयो“त्यसैले पनि हामीले रक्तदान कार्यक्रम गरेका हौं ।”
कारागार कार्यालय तुलसीपुर र नेपाल रेडक्रस सोसाइटी दाङको सहकार्यमा आईतबार रक्तदान भएको हो । रगत अभाब हुँदा सधै कारागार कार्यालयका कैदीहरुले रक्तदान गर्ने गरेका छन् ।
जसमध्ये ६३ जना पुरुष र ३ जना महिला कैदीहरुले रक्तदान गरेका हुन् । उनीहरुले रक्तदान गरेपछि रगत अभाब पूर्ति गर्न सहज भएको वलीले बताए । पछिल्लो समय जिल्लामा रगत अभाब हुने गरेको छ ।



लाइभदाङ । ३ कार्तिक २०८२, आईतवार २२:३६ बजे