तुलसीपुर
१० असोज / नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क)को प्रदेश निर्बाचन समन्वय समितिको सम्पर्क कार्यालय तुलसीपुरमा स्थापना गरेको छ ।
आउदो मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमाको मिति नजिदै गर्दा एमालेले जिल्लामा औपचारिक रुपमा सम्पर्क कार्यालय स्थापना गर्न थालेको छ । सोही अनुरुप तुलसीपुर पाटी कार्यालयमा सोमबार प्रदेश ३ क को सम्पर्क कार्यालय खोलिएको निर्वाचन समन्वय समितिका सहसंयोजक छवि चौधरीले जानकारी दिए ।
समितिका संयोजक बालकृष्ण राना(धुर्ब)को अध्यक्षता तथा प्रदेश कमिटी सदस्य नेत्रमनी लामिछाने ,कृष्णप्रसाद आचार्य ,सिमा न्यौपाने , जिल्ला कमिटी सचीव मनोहर बुढाथोकी ,नेता नबराज लामिछाने लगाएतको विशेष उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको चौधरीले जानकारी दिए ।
आगामी निर्वाचनलाई मध्येनजर गर्दै जिल्लाका वडा तह देखि निर्वाचन क्षेत्रमा समेत पाटिको सम्पर्क कार्यालय खोल्ने गरि अभियान अघि बढेको उनले जानकारी दिए ।
लाइभदाङ । १० आश्विन २०७९, सोमबार २१:१४ बजे