डिभाइनका शिक्षकहरुलाई ‘ प्रोग्रसिभ स्कुल’ को अनुभव प्रदान

तुलसीपुर, ३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकाडेमीका शिक्षकहरुलाई ‘प्रोग्रसिभ स्कुल’ ब्यबस्थापन सम्बन्धी अनुभव प्रदान गरिएको छ । दाङमा पहिलो प्रोग्रेसिभ स्कुल सञ्चालक जीवराज आचार्य र शुष्मा रेग्मीले डिभाइन फाउन्डेशन एजुकेशन अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई उक्त अनुभव प्रदान गरेका हुन् ।

शनिबार ७० भन्दा बढि शिक्षकहरुलाई विद्यालयमा शिक्षकले विद्यार्थी मैत्री शिक्षण कसरी गर्ने, विद्यार्थीहरुको मनोविज्ञान कसरी बुझ्ने, विद्यार्थीहरुलाई ब्यबहारिक शिक्षक कसरी दिने, शिक्षकहरुको ब्यबहार कस्तो हुनेजस्ता विषयमा अनुभव आदान प्रदान गरिएको थियो । त्यस अवसरमा आचार्यले शिक्षकले सहजकर्ताको भूमिका समेत निर्वाह गर्नुपर्ने बताए ।


त्यस अवसरमा विद्यालयका संस्थापक भोजराज न्यौपानेले शिक्षकहरुलाई समय सान्दर्भिक बनाउनुकासाथै ब्यबहारिक शिक्षामा जोड दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । यसले शिक्षकहरुमा विद्यार्थीमैत्री अध्यापनमा सहयोग पु¥याउने बताए । प्रशिक्षकले देउखुरीमा चैतन्य पाठशाला सञ्चालनमा ल्याएका छन् ।