तुलसीपुर–अमिलिया सडकमा कालोपत्रे हुँदै, सवारी साधन सञ्चालनमा रोक

तुलसीपुर, ११ असार । राप्ती लाकमार्ग अन्तरगत तुलसीपुर – अमेलिया सडक खण्डमा कालोपत्रेको काम भइरहेको छ । जसले गर्दा केही सवारी साधनमा रोक समेत लगाईएको छ ।

भञ्ज्याङ–बबइ खण्डमा कालो पत्रेको काम चलिरहेकाले चार पाङग्रे बाहेकका सवारी साधन संचालनमा रोक लगाइएको हो । साना र हलुका चार पाङग्रे सवारी साधान भने संचालन भइरहेका छन् ।


बस, माइक्रो, मिनी बस, मिनी ट्रक, जिप, कार, मोटरसाइकल सञ्चालन गर्न दिईएको छ । ति बाहेक ठूला मालबहाक सवारी साधन भने चल्न पाउने छैनन् । असार ११ गतेदेखि ति सवारी साधन सञ्चालनमा रोक लगाईएको हो ।

यो क्रम असार १७ गतेसम्म चल्नेछ । त्यो अबधी सम्मकालागि ठूला मालबहाक सवारी साधन लमही–घोराही हुँदै चल्नुपर्नेछ । जहाँ तीन दिन पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको थियो ।