
तुलसीपुर, ३० वैशाख । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा अपारले सरकारले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता समय सान्दर्भिक नभएको बताएका छन् ।
मंगलबार राष्ट्रियसभामा आफ्ना कुरा राख्दै अहिलेको आबश्यकता देशको उत्पादन बृद्धि र रोजगारी सृष्टि गर्ने कुरा रहेको बताए । त्यस्तै सुशासन कायम गर्ने, छिटो सेवा प्रदान गर्ने, कानुन निर्माण गर्ने, राजश्व बृद्धि गर्नुपर्ने तथा कर्मचारीको कार्य क्षमता बृद्धि गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए । तर, त्यसो नभएको उनको भनाई छ ।
मुलुकमा आयात बढ्नुकासाथै साधारण खर्च समेत बढिरहेको, बैदेशिक ऋण तथा विदेश पलायन बढिरहेको अबस्थामा त्यसलाई समाधान गर्न तर्फ लाग्नु पर्ने बताए । “ नीति तथा कार्यक्रममा मान्यज्यूहरुले उठाएका कुरा नै सम्बोधन हुन सकेका छैनन, मुलुकलाई ग्रे लिस्टबाट कसरी निकाल्न सकिन्छ, भन्ने कुरा छैन”,उनले भने“तर, म गर्छ नेपालका कुरा, सम्दी गर्छन भुपालका कुरा, भने जस्तै भएको छ ।”
देशको समस्या समाधान गर्ने कुरामा ध्यान नदिदा यसले उपलब्धी हाँसिल गर्न सक्ने अबस्था समेत नरहेको उनको भनाई छ ।



लाइभदाङ । ३० बैशाख २०८२, मंगलवार १८:१७ बजे