दाङका तीन स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

तुलसीपुर, ८ असोज ।
नेपाली कांग्रेसको दाङका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङका १० वटा स्थानीय तहमध्ये बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बंगलाचुली गाउँपालिकाको सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बि.क, केयरसिं गाहा मगर सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिका सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन् । अन्य पदमा भने उम्मेदवारी भएको छ । त्यस्तै राप्ती गाउँपालिकामा पालिकाको सभापतिमा पनि विद्याशरण चौधरी सर्वसम्मत हुनुभएकोे छ । जसको उपसभापतीमा श्यामा रावत, प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली, चैनकुमार चौधरी, सह–सचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत र निरज गिरीले सभापति पदमा उमेदवारी दर्ता गराएका छन्, भने तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा शुरेश हमाल र अनिल कार्कीले सभापतिमा उमेद्वारी दर्ता गराएका गराउनुभएको छ ।


लमहीमा शिबप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापतिमा पदमा उमेद्वारी दिएका छन्, भने दंगीशरणमा गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी, बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुषालले सभापतिमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

गढवा गाउँपालिका सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलको तथा सचिवमा पुरण प्रसाद चौधरी र पोषणराज शर्मा, ओम प्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेद्वारी परेको छ भने बाँकी पदमा सर्वसम्मत हुनुभएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'