दाङमा शिक्षकमाथि खुडा प्रहार विद्यार्थी पक्राउ

दाङ, २१ वैशाख । दाङ तुलसीपुर उप-महानगरपालिका–६, रजौरा स्थित हिमाल एकेडेमीका शिक्षकमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्।

गएकाे शुक्रबार करिब १०:१५ बजेतिर आक्रमण गरेर फरार रहेका तुलसीपुर–४, रक्षाचौर निवासी २१ वर्षीय सुरेश बिकलाई प्रहरीले शनिबार साँझ पाैने ९ बजेतिर नियन्त्रणमा लिएकाे हाे ।


तुलसीपुर–४, हलुवारस्थित सडकबाट पक्राउ उनलाई पक्राउ गरिएकाे हाे । उनले साेही विद्यालयका शिक्षक विशेष श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए। खुडा प्रहार हुँदा श्रेष्ठ घाइते भएका छन्।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।