तुलसीपुरका ४९ करार कर्मचारीले खाएको डेढ करोड तलबमा बेरुजु

तुलसीपुर, ५ असोज ।

दाङको तुलसीपुर उपमहानगरपालिकाका ४९ जना कर्मचारीले खाएको डेढ करोड तलबमा बेरुजु देखिएको छ । महालेखा परीक्षण प्रतिवेदनको प्रतिवेदन अनुसार ति कर्मचारीले खाएको १ करोड ५९ लाख ९ सय १९ रुपैँया अनियमित भएको देखिएको छ ।

स्थायी प्रकृतिको कामको लागि आबश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीको लागि लाग्ने खर्च ब्यबहोर्ने स्रोत समेत विश्लेषण गरी दुबन्दी प्रस्ताब गर्नुपर्ने हुन्छ । सोही प्रस्ताबलाई नगरसभाबाट स्वीकृत गर्नुपर्ने भएपनि त्यसो नगरी ४९ जना कर्मचारी करारमा राखेको भन्दै त्यो नियमसंवत नभएको प्रतिवेदनमा छ ।

पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैँचेलगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने प्रबधान भएपनि अन्य कर्मचारी पनि नियुक्त गरिएको छ । त्यो नियमसंवत नभएको प्रतिवेदनमा छ । उपमहानगरपािलकाले कार्यालय मातहतका बिभिन्न शाखा,वडा, मेट्रो कलेज,मेट्रो हस्पिटलमा करारमा कर्मचारी राखेको छ ।