तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

दाङ, १८ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५, न्युरोडस्थित बसपार्कमा मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन्। घाइते हुनेमा रुकुम (पश्चिम) बाफीकोट गाउँपालिका २ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ न्युरोड स्थित फुपुको घरमा बस्ने कर्ण बहादुर परियारको छोरा बर्ष ८ को साहित परियार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी साहित परियारको दायाँ खुट्टामा चोट लागेको र उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्राथमिक उपचारपछि अवस्था मध्यम देखिएपछि उनलाई थप उपचारका लागि राप्ती लाइफ केयर अस्पताल, मोतिपुर रिफर गरिएको उपचारमा संलग्न तिलाकुमारी अधिकारीले जानकारी दिइन्। विहिबार दिउँसो साढे २ बजेको समयमा लु.प्र.०२–००१ प ३५९५ नम्बरको मोटरसाइकलले पिपलबोटबाट सुकौरा जाँदै गर्दा ठक्कर दिएको थियो ।


मोटरसाइकल र चालक २० वर्षीय एलिस के.सी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।