साउने सोमबार भगवानका नाममा भजनकृतन

रामप्रसाद सुवेदी
हापुरे, १० साउन ।
दाङको बबई गाउँपालिकाको हापुरेमा श्रावन कृष्ण द्वादसीको अवसर पारी भव्य भजनकृन गरिएको छ । जेष्ठ नागरिक संघ बबई र शिव मन्दिर ब्यबस्थापन समितिको संयुक्त आयोजनामा धनौराका मुर्तिकार लक्ष्मि नारायण बैष्णव सहितको टोलिको उपस्थितिमा हापुरेको शहिदगेट नजिक रहेको पुरानो शिव मन्दिर पुनर्निर्माण भैरहेको स्थानमा रातभर भजन कृतन गरेको शिव मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक संघ तथा स्थानियहरुको उपस्थितिमा जेष्ठ नागरिक संघ बबई र शिव मन्दिर ब्यबस्थापन समितिको संयुक्त आयोजनामा साउन महिनाभरी बिहान ५ बजेदेखि ७ बजेसम्म शिव पुराण,चण्डी तथा गिता पाठ तथा साझ ७ बजेदेखि ९ बजेसम्म तथा केही विशेष दिनमा रातभरि नै भजन कृतन गर्न थालिएको जेष्ठ नागरिक संघ बबईका अध्यक्ष शिबलाल भुसालले जानकारी दिनुभयो ।


पश्चिम दाङकै पुरानो शिव मन्दिरको रुपमा परिचित यो मन्दिर जिर्ण अवस्थामा पुगेपछि पछिल्लो समय पुनर्निर्माण थालिएको छ। भवण निर्माण सम्पन्न भएपनि मुर्ति निर्माण, रङ्गरोगन तारबार लगायतका अन्य भौतिक संरचना निर्माण गर्न रकम अपुग भएपछि पछिल्लो समय सहयोग संकलन थालिएको छ। मन्दिरमा ५ हजार भन्दा माथी सहयाुग गर्नेको नाम शिलालेखमा समेत लेखिने हुदा सबैले सहयाग गरिदिन अध्यक्ष भण्डारीले अनुरोध गर्नुभयो।