दाङमा नवजात शिशुलाई सेफ्टी ट्याङ्कीमा फालिएको भेटियो

तुलसीपुर, १० वैशाख ।
दाङमा बच्चालाई जन्म दिएर सेफ्टी ट्याङ्कीमा फालिएको भेटिएको छ ।

रोल्पा गंगादेव गाउँपालिका वडा नं. १ ओत घर भई हाल दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुर स्थित सोभा नेपालीको घरमा बस्दै आएकी २७ बर्षीय सरिता बिकले नवजात शिशु (छोरी) मृत अवस्थामा जन्माई सेफ्टी ट्याङ्कीमा फालिएको अबस्थामा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार प्लाष्टिकको बोराले बेरि घर देखि अन्दाजी १०० मिटर पश्चिम रहेको कच्ची ट्वाईलेटको सेफ्टी ट्याङकी भित्र फालेको भेटिएको हो ।


घटना गएको बर्ष २४ चैतको हो । तर, ७ बैशाखमा मात्रै जानकारी आएपछि प्रहरीले घटनास्थलबाट शवको विषयमा अनुसन्धान गरिएको थियो, भने सरितालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

विकलाई ज्यान सम्बन्धि कसुरमा ७ म्याद थप अनुमति लिई अनुसन्धान गरिएको छ ।