सञ्चारले नकारात्मकतालाई प्रशय दिनुहुँदैन : मन्त्री शर्मा

दाङ, ३ बैशाख ।
सूचना तथा सञ्चार प्रबिधि मन्त्री रेखा शर्माले सञ्चार माध्यामले सकारात्मक कुरालाई जोड दिएर समाचार लेख्नुपर्ने बताइन । नेपाल पत्रकार महासंघ दाङले सोमबारदेखि आयोजना गरेको मिडिया महोत्सवको उद्घाटनशत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले समाजमा नकारात्मक भूमिका निर्वाह गरिरहेकाहरुको कुरा प्राथमिकतासहित आउदा त्यसले समाजलाई नकारात्मकता तर्फ लैजाने बताईन् । “समाजमा केही मान्छेहरुले नकारात्मक भूमिका निर्वाह गरिरहहेका छन्।

ति मान्छे फ्रन्टलाईनमा आउदा समाजमा सकारात्मक भन्दा नकारात्मकता तर्फ जान्छ”,उनले भनिन् “ यसले प्रशासन, पत्रकारितालगायतल जुन सुकै क्षेत्रमा काम गर्ने ठाउँमा राम्रा मान्छे छैनन, भन्ने सन्देश जान्छ, त्यसैले हामीले सकारात्मक कुरालाई उजागर गर्न आबश्यक छ ।” सञ्चार माध्याममा निराशा भन्दा आशाका कुरा बढि आउनु पर्ने समेत उनको भनाई छ ।

सञ्चार माध्यामले विदेश जान लाइन लागेका कुराहरु ल्याउने तर, विदेशबाट आएकाहरुले गरेको सकारात्मक कामको बारेमा त्यति महत्व नदिदा नै विदेश जान प्रेरणा मिल्ने गरेको समेत मन्त्री शर्माको भनाई छ । पत्रकार महासंघले नै मुलुकमा गणतन्त्र स्थापनाकालागि सुरुमा आवाज उठाएको भन्दै त्यसबाट प्राप्त उपलब्धी जोगाउन पनि यसको भूमिका महत्वपूर्ण हुने मन्त्री शर्माको भनाई छ ।“जसले निरंकुस्ता के हो थाहा पाएन, लेख्दा लेख्दैका कलम खोसिदाको पिडा थाहा पाएन, जसले गणतन्त्र, लोकतन्त्रका बारेमा मन्चमा बोल्दाबोल्दै धरपकड हुँदाको पीडा थाहा पाएन, त्यही पुस्ताले अहिले गणतन्त्र र लोकतन्त्र माथि सरापिरहेको छ”,उनले भनिन् “सञ्चार माध्यमले यो कुरा नयाँ पुस्तालाई बुझाउन आबश्यक छ ।”

गणतन्त्रले नै मुलुकमा अल्पसंख्यक, दलित, महिला, जनजातिहरु सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउने कुरा सञ्चार माध्यामले भूमिका खेल्नु पर्ने मन्त्री शर्माको भनाई थियो । सत्ता सञ्चार गर्ने क्रममा केही ब्यक्तीबाट त्रुटी भएपनि गणतन्त्रकै कारण त्यस्ता ब्यक्ती कानुनी कठघरामा उभिने गरेको समेत उनको भनाई छ ।“अहिले गलत गर्नेहरु दण्डित भइरहेका छन्”,उनले भनिन् “यो गणतन्त्रकै उपलब्धी हो ।” मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहेपनि पूर्ण कार्यान्वयन हुन नसकेको समेत मन्त्री शर्माको भनाई छ ।


साथै मन्त्री शर्माले पत्रकारिता क्ष्ोत्रलाई पुनसंरचना गर्न आजको आबश्यकता रहेको भन्दै त्यसकालागि कानुन निर्माणको चरण अघि बढेको उनले बताईन् । अहिलेसम्म परम्परागत कानुनहरुबाट सञ्चालन भइरहेको भन्दै यसलाई पुर्नसंरचना गर्नु अहिलेको अपरिहार्य रहेको उनको भनाई छ ।

प्रेस काउन्सिल लाई मिडिया काउन्सिल बनाएर सबै खालका सञ्चार माध्यामलाई ब्यबस्थित गर्ने तयारी रहेको उनको भनाई छ । त्यस्तै आम सञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा रहेकाले त्यो गठन भएपछि त्यसले सञ्चार माध्याम तथा पत्रकारको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री शर्माले बताईन् ।

त्यस्तै उनले सरकारी सञ्चार माध्यामको पनि पुनसंरचना हुन आबश्यक रहेको बताईन् । नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने समेत मन्त्री शर्माको भनाई छ । त्यस्तै सामाजिक सञ्जाल विद्येयक मन्त्री परिषदमा लैजाने तयारी रहेको तथा साइभर सुरक्षा, दुरसञ्चार ऐन संसोधनकालागि अन्तिम तयारी रहेको समेत उनको भनाई थियो । महोत्सव सोमबार र मंगलबारसम्म चल्नेछ । महासंघ दाङ शाखाको १२ औं अधिवेशन तथा २२ औं साधारणसभाको अवसरमा मिडिया महोत्सव आयोजना गरिएको हो ।