तुलसीपुरसहितका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध

तुलसीपुर, ८ साउन । दाङको तुलसीपुरसहितका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध भएको छ ।

हापुरे–तुलसीपुर ३२ केभि लाइनमा रुख परेकाले त्यसको मर्मत कार्य भइरहेकाले अहिले विद्युत सेवा अबरुद्ध भएको हो ।


म‌ंगलबार साँझ ६ बजेदेखि विद्युत सेवा अबरुद्ध भएको हो । मर्मत भइरहेकाले केही समयपछि विद्युत आउने विद्युत प्राधिकरण तुलसीपुरले बताएको छ । जति सक्यो छिटो विद्युत सेवा सूचारु गर्रे गरि लागेको वितरण प्रमुख शिवनारायण गोशालीले बताए ।