
काठमाडौं, १५ चैत ।
काठमाण्डौको तीनकुनेको भवनमा प्रर्दशनकारीले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको गुनासो गरेका छन् ।



लाइभदाङ । १५ चैत्र २०८१, शुक्रबार १९:४७ बजे