
पाल्पा, २७ वैशाख । माओवादी केन्द्र निकट वाइसियल नेपालको चौथो पाल्पा जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।
कमल श्रेष्ठलाई जिल्ला अध्यक्ष र राधाकृष्ण दंगाललाई सचिवको रूपमा सर्वसम्मत चयन गरेको छ। ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ।
त्यस अवसरमा केन्द्रीय महासचिव गणेश शाहि, केन्द्रीय सचिव हरि ढकाल, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मनिशा चदरा (मिना), केन्द्रीय सदस्य हरिश गिरी, लुम्बिनी प्रदेश अध्यक्ष मुकेश थापालगायतले युवाहरु समय सान्दर्भिक हुनुपर्ने बताए ।
साथै वाइसिएल नयाँ कार्यक्रमसहित अगाडी बढ्नु पर्ने समेत बक्ताहरुको भनाई थियो । युवाले क्रान्तिसंगै शान्तिको पनि नेतृत्व गर्नुपर्ने बताए ।
नेताहरूले संगठनलाई जनताको पक्षमा अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।



लाइभदाङ । २७ बैशाख २०८२, शनिबार १५:५३ बजे