मंगलबारसम्म शान्तिनगरका विद्यालयहरु बन्द हुने

निराश पाण्डे
शान्तिनगर १७ जेठ ।
शान्तिनगर गाउँपालिकाले शुक्रबार देखि लागू हुने गरि मंगलबार सम्म शान्तिनगर गाउँपालिका भित्रका सामुदायिक र संस्थागत बिद्यालय हरुमा गर्मीको बिदा दिने जनाएको छ।

शिक्षा शाखा प्रमुख सुमन पाण्डेका अनुसार गर्मिका कारण गाउँपालिका भित्रका संचालित विद्यालयहरुमा पठनपाठनको निरन्तरतामा एकदमै कठिनाइ भएको देखिएकोले कार्यालयको जेठ १७ गतेको निर्णय अनुसार मौसममा सुधारमा आइ गर्मीको महसुसमा कमि भएमा सोही बमोजिम बिदा नहुने र निरन्तर कक्षा संचालन हुने निर्णय कार्यान्वयन हुने गरि हाललाई शुक्रबार जेठ १८ गते देखि मंगलबार जेठ २२ गते सम्मका लागि सबै बिद्यालयहरुमा गर्मी बिदा दिने निर्णय भएको जनाउनु भएको छ।