
तुलसीपुर, २२ फागुन । नेपाल संस्कृत विश्वविद्यालय दाङ अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन १० चैतमा तोकिएको छ । निर्वाचन समितिका संयोजक योगराज शर्माका अनुसार विश्वविद्यालय अन्तर्गत देशभर १२ वटा क्याम्पसमा निर्वाचन हुनेछ ।
निर्वाचनकालागि २७ फागुनसम्म संगठन दर्ता, २८ गते मतदाता सूचि प्रकाशन,३ चैतमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । ६ चैतसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ, भने ७ गते उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । उम्मेदवारले ७ चैतसम्म मात्रै प्रचारप्रसार गर्न पाउने समय तोकिएको निर्वाचन समिति सदस्य शर्माले बताए ।




लाइभदाङ । २२ फाल्गुन २०८१, बिहीबार २२:४२ बजे