हेलिकप्टरमा दाङ–काठमाडौं भाडा ४ लाख ९० हजार

दाङ, २३ साउन / हेलिकप्टरको दाङबाट काठमाडौं चार्टर्ड गरेको भाडा ४ लाख ९० हजार तोकिएको छ । वायुसेवा सञ्चालक संघले काठमाडौंबाट दाङ आएर दाङबाट पुनः काठमाडौं गएको भाडा ४ लाख ९० हजार तोकेको हो । पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो । यस्तो भाडा कम्पनीहरुले ल्याउने विभिन्न प्याकेजहरुको सन्दर्भमा भने लागु हुँदैन । किनकी त्यस्तो प्याकेजमा कम्पनीहरुले प्रतिव्यक्ति भाडा लिएर सेवा दिने गर्छन् ।

संघका अनुसार काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ । काठमाडौं–चन्द्रगढी–काठमाडौं पुग्न ५ लाख भाडा तोकिएको छ । काठमाडौं–लुक्ला–काठमाडौंका लागि २४ सय अमेरिकी डलर भाडा निर्धारण गरिएको छ । काठमाडौंबाट एभरेष्ट बेश क्याम्पसहित सगरमाथा क्षेत्रका लागि ३ यात्रुलाई ३४ सय डलर र ५ यात्रुलाई ३७ सय डलर तोकिएको छ ।


काठमाडौंबाट माउण्टेन फ्लाइटको भाडा समेत सोही अनुसार तोकिएको छ । लुक्लाबाट एभरेष्ट वेश क्याम्पका लागि १२ सय डलर ९३ यात्रु० र ५ यात्रुलाई १५ सय डलर भाडा तोकिएको छ । लुक्लाबाट एभरेष्ट बेश क्याम्प प्रथमका लागि ४ हजार डलर र एभरेष्ट बेश क्याम्प दोस्रोका लागि ५ हजार डलर भाडा तय भएको छ ।