
तुलसीपुर, १४ फागुन । बबई लिफ्टिङ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा डिपवोरिङ निर्माण सुरु भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मंगलबारदेखि निर्माण सुरु गरेको हो ।
निर्माण कार्यको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीले सिलन्यास गरेका हुन् । स्थानीय सम्भु रेग्मीले जग्गा प्रदान गरेपछि डिपबोरिङ निर्माण सुरु भएको हो । त्यहाँ डिपबोरिङ निर्माण भएपछि त्यहाँको पानी डुम्रीगाउँ ट्याङ्कीमा ल्याइने छ । रेग्मीले करिब ७ धुरजग्गा सहयोग गरेका हुन् ।
जुन बोरिङ्ले प्रतिसेकेन्ड १० लिटर पानी फाल्न सक्ने अनुमान गरिएको छ । त्यस अवसरमा वडाध्यक्ष चौधरीले पानी जीवनमा अनिवार्य भएकाले समयमै सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरेका थिए । कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, उपाध्यक्ष सीताराम शर्मा, सचिब सेवकराम भण्डारीलगायतको सहभागिता रहेको थियो ।
पढ्ढा र रझेनामा निर्माण भएको बोरिङ्बाट डुम्रीगाउँ ल्याईउने छ । पढ्ढाको डिपबोरिङ् केही समयपछि निर्माण सुरु हुनेछ ।



लाइभदाङ । १४ फाल्गुन २०८१, बुधबार १०:४२ बजे