प्याब्सन छात्र फुटबल तथा छात्रा एथलेटिक्स प्रतियोगिता सकियाे

दाङ, ११ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता भएको छ । फागुन ७, ८, ९ र १० गतेसम्म प्रतियोगिता भएको हो ।

प्रतियोगिता अन्तर्गत छात्र फुटबलमा फोर्टीनाइन बोर्डिङ स्कुल प्रथम, गोरखा मावि तुलसीपुर द्वितीय र शान्ति दीप बोर्डिङ स्कुल तथा आइडियल बोर्डिङ स्कुल तृतीय भएका थिए ।

छात्रा एथलेटिक्स प्रतियोगिताको लङ जम्पमा आइडियल बोर्डिङ स्कुलकी सुप्रिया बुढा मगर प्रथम, गोरखा मावि तुलसीपुरकी गरिमा केसी द्वितीय र हंसवाहिनी विद्या सदनकी माधवी घर्ती तृतीय भएका थिए । १०० मिटर दौडमा सप्तरङ्गी बोर्डिङ स्कुलकी एलिना बिसी प्रथम, गोरखा मावि तुलसीपुरकी पाना शाह द्वितीय र त्रिदेव बोर्डिङकी आशिका चौधरी तृतीय भएका थिए ।

२०० मिटर दौडमा आइडियल बोर्डिङ स्कुलकी युनिशा सारू मगर प्रथम, हंसवाहिनी विद्या सदनकी प्रिया शाही द्वितीय र तुलसी आवासीय माविकी प्रनिशा भण्डारी तृतीय भएका थिए ।

४०० मिटर दौडमा सप्तरङ्गी बोर्डिङ स्कुलकी संगीता भण्डारी प्रथम, चन्द्रोदय विद्याकुञ्जकी टार्जन वली द्वितीय र आदर्श एकेडेमीकी स्वती छन्त्याल तृतीय भएका थिए ।


८०० मिटर दौडमा सप्तरङ्गी बोर्डिङ स्कुलकी संचिता भण्डारी प्रथम, हंसवाहिनी विद्या सदनकी समीक्षा बिसी द्वितीय र मुना इङलिस बोर्डिङ स्कुलकी अस्मिता बस्नेत तृतीय भएका थिए ।

त्यस्तै ४× १०० मिटरको रिलेमा चिल्ड्रेन हेभनको समूह प्रथम, आइडियल बोर्डिङ स्कुलको समूह द्वितीय र गोरखा माविको समूह तृतीय भएका थिए ।

प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्य एवम प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा ३४ वटा विद्यालय सहभागी रहेका थिए । उद्घाटन समारोहमा मार्चपास समेत गरिएको थियो । मार्चपासमा बाल अमृत इङलिस बोर्डिङ स्कुल प्रथम, सप्तरङ्गी इङलिस बोर्डिङ स्कुल द्वतीय तथा ज्ञानोदय इङलिस बोर्डिङ स्कुल तृतीय भएका थिए । साथै उत्कृष्ट पिटी प्रदर्शनमा आइडियल बोर्डिङ स्कुलले उपाधि जितेको छ र

उपाध्यक्ष विष्णु योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गरेका थिए ।