तुलसीपुरमा ४६ जनाले गरे रक्तदान, एचआर मिडियाद्वारा आयोजना

तुलसीपुर,३ चैत ।
दाङको तुलसीपुरमा एच आर मिडिया हाउस प्रालिको आयोजनामा रक्तदान भएको छ । शनिबार कार्यक्रम गरि रक्तदान गरिएको हो । सोही कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

रगत नै जीवन दान भएकाले रक्तदान कार्यक्रमले अतिआबश्यक समयमा रगत दान हुने भन्दै त्यसलाई मध्यनजर गरि उक्त कार्यक्रम आयोजना गरिएको प्रालिका अध्यक्ष एच आर मगरले बताए ।

ग्लोबल ओरिन्शको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गत व्यवस्थापनका लागि गाउँपालिका बाट रु १ लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


कार्यक्रममा युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले ब्लड बैंकहरुमा रगत अभाव हुन नदिन युवाहरुले यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतले रक्तदान गरेका हुन् । ग्लोबल ओरेन्सका मनोज चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शान्तराम सेन्चुरीले गरेका थिए ।