स्कुलका चालकलाई ट्राफिक सचेतना

तुलसीपुर, ५ चैत ।
दाङ तुलसीपुरका विद्यालयका चालक र सहचालकलाई सचेतना प्रदान गरिएको छ । विद्यालयका गाडी सम्बेदनशील भएकाले ति गाडीका चालक र सहचालकहरुले ख्याल गर्नुपर्ने भन्दै सचेतना प्रदान गरिएको हो । तुलसीपुर नगर जेसिजको आयोजनामा सोमबार भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पाख्रेलले विद्यार्थी बोकेका सवारीले विद्यार्थीमैत्री सेवा दिनुपर्ने बताए ।

उनका अनुसार छिटो विद्यार्थीलाई विद्यालय पु¥याउने नाममा तिब्र गतिमा चलाउने, मापसे गर्ने जस्ता कार्यमा ध्यान दिनुपर्छ । त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वर देवकोटाले विद्यालयको बसबाट विद्यार्थीलाई जहाँपायो त्यही छोड्दा पनि दुर्घटना भइरहेको भन्दै घर भित्र नजादासम्म सुक्षित गर्ने जिम्मा चालक र सहचालकको रहेको बताए । बीच सडकमै विद्यार्थी छोड्दा त्यसले धेरै दुर्घटना बढिरहेको उनको भनाई छ ।


त्यस अवसरमा यातायात ब्यबसायी राष्ट्रिय महासंघका केन्द्रीय सल्लाहकार सुरेश हमालले कुनै–कुनै बेला समयमा विद्यालय पुग्न सक्ने अबस्था नभएपछि हतार गर्न नहुँने बताए । हतार गर्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै बस पुगेपछि मात्रै कक्षा सञ्चालन गर्ने गरि विद्यालयले पनि ब्यबस्था मिलाउनु पर्ने बताए ।

तुलसीपुरका सबै सामुदायिक तथा निजि विद्यालयका चालक तथा सहचालकहरु सहभागि भएको जेसिज तुलसीपुरका अध्यक्ष पूर्णबहादुर डाँगीले बताए ।

डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, तुलसीपुर नगर जेसिजका पूर्वध्यक्षहरु दिपेश भण्डारी, केशवराज केसी,मोहन स्वर्णकारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संयोजक सुरज केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब कमलप्रकाश शर्माले गरेका थिए ।