तुलसीपुर नगर जेसीजलाई उत्कृष्ट शाखा अवार्ड

तुलसीपुर
४ पुस /  तुलसीपुर नगर जेसीजले उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । जेसिजको एरिया ‘डि’ अन्तर्ग रहेको उक्त शाखा यस बर्ष उत्कृष्ट हुन सफल भएको प्रबक्ता पूर्णबहादुर डाँगीले जानकारी दिए ।

शाखाका अध्यक्ष नेत्रलाल भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । बार्षिक कार्ययोजना अनुसार बिभिन्न रचनात्मक तथा व्यक्तीगत एवं उत्कृष्ट सामाजिक कार्य गरे वापत उच्च मूल्यांकन गर्दै उत्कृष्ट शाखा घोषणा गरिएको हो ।


नेपाल जेसीजले ४८ औं राष्ट्रिय महाधिवेशनमा उक्त अवार्ड प्रदान गरेको हो ।