त्रिसिद्देश्वरी यातायातद्वारा स्वर्गद्वारीमा प्रतिक्षालय

तुलसीपुर, ८ पुष ।
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सेवालाई निरन्तरता दिएको छ । प्रालिले प्यठान स्थित स्वर्गद्वारी मन्दिरमा प्रतिक्षालय निर्माण गरेको छ । अध्यक्ष सुरेश हमालका अनुसार निर्माण गरेको प्रतिक्षालयको मंगलबार हस्तान्तरण गरिएको हो ।

मन्दिर ब्यबस्थापन समितिले प्रतिक्षालयको आबश्यकता भएको भनि जानकारी दिएपछि त्यहाँ पुग्ने भक्तालुहरुको सहजताकालागि प्रतिक्षालय निर्माण गरिएको हो । प्रतिक्षालय निर्माण भएपछि भक्तालुहरुलाई सहज भएको छ । प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न काम गर्दै आएको छ । जहाँ समस्या पर्छ, त्यहाँ प्रालि सधै हाँजिर हुने गरेको छ ।


देशका बिभिन्न स्थानमा यातायात सेवा प्रदान गर्दै आएको प्रालिको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ । अध्यक्ष हमालले सामाजिक कार्य आफ्नो दायित्व भएको बताए । उनले विगतदेखि नै यस्ता सामाजिक कार्य गर्दै आएको र, आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।