प्रतिष्ठानमा मेरुदण्डको सफल सल्यक्रिया

तुलसीपुर
७ पुस / दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मेरुदण्डको सल्यक्रिया सफल भएको छ ।

रुखबाट लडेर ढाड भाँच्चिएकी घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियार निवासी ३३ वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्यक्रिया भएको हो ।


१० दिन अघि प्रतिष्ठानको आपतकालिन वार्डमा ढाड दुख्ने समस्या लिएर आएकी ति महिलाको एक्सरे गर्दा
मेरुदण्डको हड्डी भाँच्चिएको रिपोर्ट आएको थियो । त्यसको २ दिनपछि मेरुदण्डको शल्यक्रिया गरिएको डा. सागर पन्थीले बताए । शल्यक्रिया पस्चात दुईदिन पछि विरामी हिड्न सकेको उनले बताए ।

साथै ७ सम्म विरामीको अबस्था सामान्य भएपछि आज डिस्चार्ज गरिएको उनले बताए । हाडजोनी बिशेष डा. पन्थीको नेतृत्वको चिकित्सक, स्वास्थ्यकमर्मी र नर्ससहितको टोलीले सफल सल्यक्रिया गरेको हो ।