
तुलसीपुर, २५ वैशाख । राप्ती लोकमार्ग अन्तगृत दाङ र सल्यन खण्डमा स्तरबृद्धि हुने भएको छ ।
त्यसकालागि श्री पिके निर्माण सेवाले ठेक्का पाइसकेको छ । ४१ करोड ८१ लाखमा उक्त कम्पनीले ठेक्का पाएको हो । तुसलीपुर ३ को हरनेटीदेखि राम्रीसम्मको ५ किलोमिटर र सल्यान कपुरकोटको सम्धिमोडदेखि खरखोला–टुनीबोटसम्म ५ किलोमिटर सडक स्तरबृद्धिकालागि ठेक्का भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले बताए ।
हाल सोही क्षेत्रको ४ किलोमिटर सडक स्तरबृद्धिको काम भइरहेको छ । राम्रीदेखि कपुरकोटसम्मको ४ किलोमिटर सडकमा ग्राभेल गर्ने काम भइसकेको भन्दै आगामी असारसम्म कालोपत्रे भइसक्ने सुवेदीले बताए ।



हाल तुलसीपुर– कपुरकोट सडक जीर्ण हुँदा आवतजावतमा निकै समस्या हुने गरेको छ ।
सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।
लामो समयदेखि सोही सडक स्तरबृद्धि नहुँदा यात्रुहरुले आलोचना गरिरहेका छन् । बैकल्पिक सडक पनि ब्यबस्थित नहुँदा लामो समयदेखि यात्रुहरुले सास्ती भोग्नु परेको हो । २०७९ सालदेखि उक्त सडक मर्मत सुरु भएको हो ।
लाइभदाङ । २५ बैशाख २०८२, बिहीबार १३:३८ बजे