बबई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा प्रयोग गरिरहेको गाडी पालिका लाई फिर्ता

रामप्रसाद सुवेदी
हापुरे,२८ चैत ।

दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछी आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।


सरकारले आगामी बैसाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचन आचारसंहिता समेत लागू भएपछी
आफुहरुले सरकारी गाडि फिर्ता गरेको उहाँहरुको भनाई रहेको छ। पछिल्लो समय बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले आफुहरुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने क्रम चलिरहेको छ ।