नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति चयन

दाङ, १ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी चयन हुनुभएको छ । संघको बिहीबार तुलसीपुरमा भएको १० औं जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा दिपक जीएम, सचिवमा एचआर मगर, सहसचिवमा जयन्ती चौधरी, कोषाध्यक्षमा निता चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढामगर,प्रिया चौधरी र सुरक्षा चौधरी चयन हुनुभएको छ ।

यस्तै संघको प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा, उदिराम चौधरी र जयन्ती चौधरी चयन हुनुभएको छ । महासंघको केन्द्रीय प्रतिनिधि सविन प्रियासन, जीतसागर जी.एम. र रीता लामा छनोट हुनुभएको छ ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रियासनले पत्रकारितामा नयाँ-नयाँ प्रविधि भित्रिरहेकाले पत्रकारले सोेहि अनुरुप आफुलाई दक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।


उहाँले पछिल्लो समय सामाजिक संजालमार्फत गरिने पत्रकारितालाई महासंघको आचारसंहिताभित्र ल्याउने बताउनुभयो । युट्युव, फेसबुक, एआई लगायतका माध्यमबाट गरिने पत्रकारितालाई पनि आधिकारिता दिन महासंघ कदम चाल्ने उहाँको भनाई छ ।

कार्यक्रममा राप्ती पहिचानका प्रकाशक यज्ञ बहादुर बुढा, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, प्रेस युनियनका केन्द्रिय पार्सद यमकला भुसाल लगायतले पत्रकारितालाई विश्वसनियता दिलाउन चुनौति देखिन थालेको बताउनुभयो ।

फोनिज दाङको अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन समारोह भएको हो ।