दाङ, पुस २ ।
प्रतिनिधि सभा सदस्य विष्णु शर्माले बुबा आमाको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । शिक्षाको विकासका लागि बुबा फनाधर पोख्रेल र आमा हिरादेवि पोख्रेलले देखेको सपना पुरा गर्नका लागि गंगा उच्च माध्यमिक विद्यालय रामपुरमा ‘फणाधर–हिरा पोख्रेल स्मृति अक्षय कोष’ स्थापना गरेको सांसद शर्माले जानकारी दिनुभयो ।
हरेक वर्ष कक्षा कक्षा ७ मा उत्कृष्ट हुने १÷१ जना छात्र छात्रालाई छात्रवृत्ती प्रदान गर्नेगरी ५० हजारको अक्षय कोष स्थापना गरेको सांसद शर्माले जानकारी दिनुभयो । ‘बुबाआमाको सपना साकार होस् भन्ने उद्देश्यले मैले छात्रबृत्ती स्थापना गरेकी हुँ’, शर्माले भन्नुभयो, ‘मैले स्थापना गरेको छात्रवृत्तीले हरेक वर्ष २÷२ जना विद्यार्थीहरु सुन्दर भविष्यको निर्माण हुनेछ भन्ने अपेक्षा गरेकी छु ।’
यता प्रतिनिधि सभा सदस्य नै छात्रवृत्तीको अक्षय कोष लिएर विद्यालय आउँदा आफूहरु हर्षित भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक शशिधर न्यौपानेले विद्यालयले अक्षय कोषलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले हरेक वर्ष माघको महिनामा हुने विद्यालयको वार्षिकोत्सवमा २ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्ने बताउनुभयो ।
लाइभदाङ । २ पुष २०७८, शुक्रबार २०:०७ बजे