
आजाद खड्का
१. प्रस्तावको पृष्ठभूमि र अभियानको आवश्यकता
नेपालको वर्तमान स्थिति भदौ २३ को जेन्जी परिघटना तथा निर्वाचनपश्चात स्वाधीनताको दृष्टिले जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक अधिकार, सुशासन र जनजीविकाका सवालहरू थप गम्भीर बन्दै गएका छन्। महँगी, बेरोजगारी, आर्थिक संकट, युवाशक्तिको विदेश पलायन, भ्रष्टाचार, बेथिति र राज्य संयन्त्रको कमजोर कार्यसम्पादनले जनतामा निराशा र असन्तुष्टि बढाएको छ।
यस्तो संवेदनशील भूराजनीतिक अवस्था र बदलिँदो परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय हित, स्वाधीनता र जनमुखी राजनीतिका लागि सशक्त पहल लिनु अत्यावश्यक भएको छ। विगतका उपलब्धि, कमजोरी र अनुभवबाट शिक्षा लिँदै व्यापक जनसहभागिता विस्तार गर्ने र जनतासँग पार्टीको सम्बन्ध अझ जीवन्त बनाउने निर्णय आगामी महाधिवेशनको तयारी, पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता नवीकरण, वैचारिक प्रशिक्षण, कार्यालय स्थापना र अनुगमन प्रणालीलाई सुदृढ गर्न सम्पूर्ण सांगठनिक तथा राजनीतिक शक्तिलाई एउटै अभियानमा जोड्दै , राष्ट्रिय जागरण अभियानु सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ।
२. राष्ट्रिय जागरण अभियानको मूल उद्देश्य
राष्ट्रिय जागरण अभियानका मूल उद्देश्यहरू देहायबमोजिम रहेका छन्स्
• सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा: नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितको संरक्षण एवं सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियानमार्फत जनजागरण र जनसहभागिता सिर्जना गर्ने।
• लोकतान्त्रिक जनमत निर्माण: लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन, सुशासन र सामाजिक न्यायका पक्षमा जनमत निर्माण गर्ने।
• जनताको आवाजलाई संग्ठित गर्ने: महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी र बेथितिविरुद्ध जनताको आवाजलाई राष्ट्रिय जागरण अभियानमार्फत संगठित गर्ने।
• बाह्य हस्तक्षेपविरुद्ध सचेतना: राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र बाह्य हस्तक्षेपका विषयमा जनतालाई सचेत गराउन जागरण ल्याउने।
• विपद् व्यवस्थापन र पुनस्स्थापना: प्राकृतिक विपद्, बाढी, पहिरो तथा डुबान प्रभावित जनताको उद्धार, राहत, क्षतिपूर्ति र पुनस्स्थापनाका लागि राष्ट्रिय जागरण अभियानमार्फत प्रभावकारी पहल गर्ने।
• संगठन विस्तार र सुदृढीकरण: नेपाली कम्युनिष्ट पार्टीका सदस्यहरूको सदस्यता नवीकरण गर्ने, नयाँ प्रतिबद्ध व्यक्तिहरूलाई पार्टीमा संगठित गर्ने, र सबै तहका संगठनलाई सक्रिय तथा परिणाममुखी बनाउने।
• प्रशिक्षण र आन्तरिक सुशासन: पार्टीका तल्ला तहसम्म वैचारिक प्रशिक्षण सञ्चालन गर्ने, महाधिवेशनका लागि सुझाव संकलन गर्ने र पार्टीभित्र जिम्मेवारी, अनुगमन र मूल्यांकनको व्यवस्थित प्रणाली विकास गर्ने।
३. राष्ट्रिय जागरण अभियानको मूल कार्यदिशा र राजनीतिक विषय
राष्ट्रिय जागरण अभियानलाई राजनीतिक पुनस्क्रियाता, सांगठनिक पुनर्रचना, जनसम्बन्ध विस्तार, वैचारिक पुनर्जागरण, चुनावको तयारी र महाधिवेशन तयारीको एकीकृत कार्यदिशाका रूपमा अघि बढाइनेछ। जनताको घरदैलोमा पुग्ने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने नेपाली कम्युनिष्ट पार्टीको मुख्य कार्यदिशा हुनेछ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत पार्टीले देहायका प्रमुख राजनीतिक विषयलाई प्राथमिकताका साथ लैजानेछस्
क. वैचारिक राजनीतिक कार्य: पार्टीको विचार, सिद्धान्त र कार्यनीतिका विषयमा नियमित अध्ययन, छलफल र वैचारिक सम्प्रेषण गर्ने। पार्टीका नीति तथा निर्णयहरूलाई जनतामाझ सरल रूपमा प्रस्तुत गर्ने।
ख. राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हित: नेपाली कम्युनिष्ट पार्टीको असंलग्नता, पञ्चशील र राष्ट्रिय हितमा आधारित कूटनीतिक मान्यतालाई स्थापित गर्दै बाह्य चलखेलविरुद्ध जनचेतना जगाउने।
ग. जनजीविका र सामाजिक न्याय: मूल्य नियन्त्रण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा श्रमजीवी, किसान, सुकुम्बासी र उत्पीडित समुदायको अधिकारका लागि पार्टीले आवाज उठाउने।
घ. संघीय लोकतान्त्रिक गणतन्त्र र सुशासन: संविधानप्रदत्त मौलिक हक र गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार र सत्ताको दुरुपयोगविरुद्ध जनमत निर्माण गर्ने।
४. सांगठनिक सुदृढीकरण, महाधिवेशन र निर्वाचन तयारी
पार्टीको राष्ट्रिय जागरण अभियानमार्फत सांगठनिक सुदृढीकरणका लागि निम्न विशेष कामहरू सम्पादन गरिनेछन्:
१. पार्टीका सबै सदस्यको सदस्यता नवीकरण तथा अभिलेख अद्यावधिक गर्ने।
२. पार्टीमा नयाँ ऊर्जावान् युवा तथा प्रतिबद्ध व्यक्तिहरूलाई प्रवेश गराउने र सदस्यता विस्तार गर्ने।
३. पार्टीका निष्क्रिय तथा सम्पर्कविहीन सदस्यहरूलाई पुन: सक्रिय बनाउने।
४. टोलस्तरमा पार्टीका भेला तथा वैचारिक-राजनीतिक प्रशिक्षणहरू सञ्चालन गर्ने।
५. बाँकी रहेका जिल्ला, पालिका र वडा तहमा पार्टीका कार्यालयहरू स्थापना गर्ने।
• महाधिवेशन केन्द्रित सुझाव संकलन: राष्ट्रिय जागरण अभियानका क्रममा पार्टीको नीति, नेतृत्व विकास, आचरण र सांगठनिक सुधारबारे तल्लो तहबाटै सुझाव संकलन गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाइनेछ।
• निर्वाचन तयारी र विश्लेषण: आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाली कम्युनिष्ट पार्टीको सांगठनिक स्थिति, जनआधार र अन्य राजनीतिक दलहरूको अवस्थाको वस्तुनिष्ठ अध्ययन तथा विश्लेषण राष्ट्रिय जागरण अभियानमार्फत गरिनेछ।
५. जनसम्पर्क, जनगुनासो र अभियानको संगठनात्मक संरचना
पार्टीले राष्ट्रिय जागरण अभियानलाई केवल औपचारिकतामा सीमित नराखी जनतासँग प्रत्यक्ष संवादको माध्यम बनाउनेछ। प्रत्येक वडा र पालिकामा जनताका गुनासो तथा समस्या संकलन गरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सम्बन्धित निकायमा समाधानका लागि पहल गरिनेछ।
राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय अभियान संयोजन तथा अनुगमन समिति, केन्द्रीय सचिवालय, प्रदेश, जिल्ला, पालिका र वडा संयोजन समितिहरू गठन गरिनेछन्। पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरूको नेतृत्वमा फिल्ड टोलीहरू गठन गरी वडा र टोल-टोलमा परिचालन गरिनेछ।
६. राष्ट्रिय जागरण अभियानको अवधि र चरणहरू
नेपाली कम्युनिष्ट पार्टीको यो राष्ट्रिय जागरण अभियान मंसीर २५ सम्म सञ्चालन हुनेछ, जसलाई तीन चरणमा विभाजन गरिएको छस्
• पहिलो चरण (तयारी र अभिमुखीकरण – असोज २५ देखि कात्तिक ७): पार्टीका निर्णय सम्प्रेषण, जिम्मेवारी बाँडफाँट, अभियान सामग्री तयारी र टोली परिचालन।
• दोस्रो चरण (जनसम्पर्क र संगठन सुदृढीकरण – कात्तिक ७ देखि मंसीर १४): घरदैलो, सदस्यता नवीकरण, पार्टीका टोल भेला, प्रशिक्षण र जनसभाहरू।
• तेस्रो चरण (समीक्षा तथा भावी कार्ययोजना – मंसीर १५ देखि मंसीर २५): राष्ट्रिय जागरण अभियानको समीक्षा, सदस्यताको अन्तिम प्रतिवेदन, महाधिवेशनका लागि एकीकृत सुझाव र नेपाली कम्युनिष्ट पार्टीको भावी कार्ययोजना निर्माण।
७. विशेष पहल, आर्थिक व्यवस्थापन र प्रचार कार्य
• विशेष ज्ञापनपत्र र विपद् राहत: नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई मागपत्र पेस गर्नेछ। भोटेकोशी लगायतका क्षेत्रका विपद् पीडितको उद्धार र पुनस्स्थापनामा राष्ट्रिय जागरण अभियानले विशेष प्राथमिकता दिनेछ।
• सहकार्य र प्रवास परिचालन: पार्टीले अन्य देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नुका साथै प्रवासमा रहेका नेपाली कम्युनिष्ट पार्टीका संरचना र काठमाडौं उपत्यकामा पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछ।
• आर्थिक पारदर्शिता र प्रचार: राष्ट्रिय जागरण अभियानका लागि आर्थिक परिचालन पारदर्शी, मितव्ययी र नियमानुसार हुनेछ भने व्यक्तिगत खातामा संकलन निरुत्साहित गरिनेछ। नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक डिजिटल माध्यम, वेबसाइट र सामाजिक सञ्जालमार्फत राष्ट्रिय जागरण अभियानका गतिविधि र विचारहरू सम्प्रेषण गरिनेछ।
८. मूल्यांकनका सूचक र अपेक्षित परिणाम
पार्टीले राष्ट्रिय जागरण अभियानको सफलतालाई ठोस परिणामका आधारमा मूल्यांकन गर्नेछ। पार्टीका कति सदस्य थपिए, कति नवीकरण भए, कति प्रशिक्षण सञ्चालन भए र जनविश्वासमा कस्तो वृद्धि भयो भन्ने कुरा नै राष्ट्रिय जागरण अभियानको मूल्यांकनको मुख्य आधार हुनेछ।
अपेक्षित परिणाम: राष्ट्रिय जागरण अभियानको समाप्तिपछि नेपाली कम्युनिष्ट पार्टीको संगठन सुदृढ र अद्यावधिक हुनेछ, निष्क्रियता अन्त्य हुनेछ, जनतासँगको सम्बन्ध अझ कसिलो बन्नेछ, महाधिवेशनको ठोस आधार निर्माण हुनेछ र आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी एक सशक्त र निर्णायक राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुनेछ।



लाइभदाङ । १३ कार्तिक २०८३, बिहीबार ०८:२० बजे